पाल्पा दुर्घटनाः मृतक सबैको सनाखत, घाइते ८ जना अस्पतालबाट डिस्चार्ज
काठमाण्डौं । पाल्पाको रिब्दीकोट २ लघुवास्थित तानसेन–रिडी सडकमा आइतवार भएको सवारी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारीअनुसार लु १ ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी चन्द्रकोट ८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका ७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमार, रुपन्देही देवदह नगरपालिका ७ बस्ने ८७ वर्षीया डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका २ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमे, नवलपरासी बर्दघाट पश्चिम ५ बस्ने २४ वर्षकी पूर्णिमा कामी र बाग्लुङ बडिगार्ड नगरपालिका १० बस्ने ५५ वर्षकी यमकली थापा रहेका छन् ।
उक्त दुर्घटनामा घाइते भएका ८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइरसकेको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्