भन्सार छली गरी ल्याएको ४२० बोरा चिनी सहित ट्रक बरामद

चितवन । अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको चिनीसहित एक ट्रकलाइ चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सुराकीको आधारमा आज (आइतबार) ईलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षक अनोज बिश्वकर्माको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पुरानो पर्साबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको ४२० वोरा चिनीसहित ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो ।
पराजुली खाध उद्योग अगाडी रोकिराखेको लु २ ख १०३२ नम्वरको ट्रकलाई रितपुर्वक नियन्त्रणमा लिइ खानतलासी गर्दा भन्सार छली चोरी पैठारी गरी ल्याएको अवस्थामा ४२० वोरा चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो । ट्रकभित्र प्रति बोरा ५० किलो भएको ४२० वोरा चिनी बरामद गर्न सफल भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको चिनीको मूल्य १८ लाख ६९ हजार रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
बरामद गरिएको चिनी सहितको ट्रक तथा ट्रकका चालकलाई आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरीले जनाइएको छ ।
चितवन प्रहरीका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जिल्लाको कमान्ड सम्हालेपछि प्रहरीले पुर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधनहरुको चेकजाँचलाई कडाइका साथ लगेको छ । सोही अनुसार प्रहरीले आफ्नो सक्रियता बढाएसंगै ठूलो मात्रामा सफलता समेत हात पार्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्