मौद्रिक नीतिपछि सेयर बजारमा हरियाली, नेप्से ६१ अंकले वृद्धि
काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
मौद्रिक नीतिको पर्खाइमा रहेको बजार मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिनमा बढेर उत्साहजनक वृद्धि भएको हो । आज नेप्से सुचक ६१.०५ अंकले बढेर २०७८.५१ बिन्दुमा आइपुगेको छ ।
समग्रमा बजार ३.०३ प्रतिशतले बढेको हो । आइतबार कारोबारमा आएका सबै समूहमा बढोत्तरी छ । २१९ कम्पनीको २ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । जीवन बिमा, विकास बैंक र नीर्जिवन बिमा समूहतर्फको आकर्षक वृद्धि देखिएको छ ।
सेन्ट्रल फाइनान्स कम्पनी, समृद्धि फाइनान्स कम्पनी र मल्टीप्रपोज पाइनान्स कम्पनीको सेयर मुल्य सर्किट लाग्ने गरी बढेको छ । यस्तै, आधादर्जन भन्दा बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा छ । यसको ३९ करोड ७१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार यसको सेयरमूल्य ७ सय ८९ रुपैयाँ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्