स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्याको तत्काल समाधान गर्नपर्छ: डिला संग्रौला
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्याको तत्काल समाधान गर्न आग्रह गरेकी छन्
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले सरकारले दिनपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुकै सूचना आउनु र सेवा स्थगित गर्नु दुःखद भएको बताएकी छन् ।
उनले भनिन्, ‘२०७२ साल चैत्र २५ गते कैलाली जिल्लाबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ जिल्लाको ७४६ ओटा स्थानीय तहमा लागू भै सकेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार हाल सम्म करिब साढे सत्र लाख परिवार आबद्ध भै सकेका छन् । चालु आव मा स्वास्थ्य बीमामा आवद्ध घर परिवार को संख्या ३३ प्रतिशत बाट बढाएर आ गामी आव मा ५० प्रतिशत पुर्याउने लक्ष राखिएको छ ।’
अहिले नेपालमा झन्डै २० ओटा निजी स्वास्थ्य बीमा कम्पनीहरु तथा ३५० भन्दा बढी निजी अस्पतालहरु भएको बताउँदै उनले भनिन् । तर सरकारले नै अलमल गर्दा अहिले यो लोकप्रिय कार्यक्रम को भविष्य माथि नै प्रश्न उठ्न थालेका छन् ।
सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै तत्कालै समाधान गर्न आग्रह गरेकी हुन् ।
त्यस्तै, उनले कोरोना महामारीबाट हुन सरकारलाई अवगत भएको बताउँदै अहिले पनि करिब ३ हजारको संख्यामा सक्रिय संक्रमित पुगेकोबारे बेलैमा सचेत हुनपर्ने बताएकी छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #डिला संग्रौला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्