मजदुर वर्गको हितमा एमाले सधै प्रतिवद्ध छ: अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले मजदुर वर्गको हितका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको बताउनुभयो ।
पार्टीको जनसंगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आजबाट ललितपुरको गोदावरीमा शुरू भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको बताउनुभयो ।
मजदुर वर्गको हितमा काम गरिरहेको एमालेलाई कमजोर बनाउन देशी–विदेशी प्रतिक्रियावादीले गठबन्धन वनाएको उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले विगतमा मजदुरहरूकै बल र शक्तिमा क्रान्ति सफल भएको बताउनुभयो ।
मजदुरहरूबीच फाटो ल्याएर मजदुर आन्दोलन र एकता कमजोर पार्ने काम निरन्तर हुँदैआएको चर्चा गर्दै उहाँले मजदुर फुटाउने काम शासकले गरे पनि पुनः मजदुर एकताबद्ध भएर ठूला–ठूला क्रान्ति सफल भएको उदाहरण प्रशस्त रहेका छन् भन्नुभयो ।
विगतमा अक्टोवर क्रान्ति, श्रमिक वर्गको आन्दोलन सफल हुनुको कारण मजदुरबीचको एकता भएको अध्यक्ष ओलीले भनाई थियो ।
उहाँले मजदूर वर्गको सामाजिक सुरक्षा र न्यायका लागि एमालेले काम गर्दैआएको चर्चा गर्नुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल पार्न मजदूरको साङ्गठनिक एकता र योजनाबद्ध अग्रगामी प्रयासबाट सम्भव हुने अध्यक्ष ओलीले बताउनुभयो ।
यो अभियान सम्भ्रान्त वर्गको नभई मजदुर र श्रमिकहरूको अभियान भएको बताउँदै अध्यक्ष ओलीले निरपेक्ष गरीबीको रेखामुनी रहेका वर्गलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान चाहिएको विचार व्यक्त गर्नुभयो ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन समारोहमा जिफन्टका पूर्व अध्यक्ष नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्