कांग्रेसलाई बहुमत दिलाउन हामीले गठबन्धन गर्दैनै: झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै झलनाथ खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने बताए ।
तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उनको तर्क छ । कांग्रेसप्रति लक्षित गर्दै खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे ।
खनालले भने, ‘कोही हाम्रो बहुमत आउने गरीकन गठबन्धन गर्ने भन्दैछन् । के भनेको त्यो रु बहुमत एउटाको आउँछ भने किन गठबन्धन गर्न जान्छ कोही रु अरुलाई बहुमत दिनका लागि किन हामी गठबन्धनमा जाने रु केको लागि जाने रु दलाल बन्न रु पुच्छर बन्न रु जानु हुँदैन ।’
उनले स्थानीय तहमा जसलाई बोक्यो, उसैले आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #झलनाथ खनाल, #नेकपा एकीकृत समाजवादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्