एकल बहुमत ल्याउने रणनीतिमा कांग्रेस, गठबन्धनमा भूकम्प

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसले आगामी संसदीय निर्वाचनमा एकल बहुमत ल्याउने रणनीति बनाएपछि सत्तारुढ गठबन्धनमा हलचल भएको छ ।
कांग्रेसले प्रत्यक्षतर्फ कम्तीमा पनि १०० सिट आफ्नो पक्षमा हुनुपर्ने गरी गर्न लागेको छ । अन्य बाँकी ६५ मात्र गठबन्धनका दलहरुलाई दिने कांग्रेसको रणनीति छ ।
गत २०७४ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिटमात्र जितेको थियो भने समानुपातिकमा ४० सिट ल्याएको थियो ।
अहिलेको निर्वाचनमा भने प्रत्यक्षतर्फ ९० देखि ९५ सिट जित्ने अनि समानुपातिकमा करिब ४५ सिट जितेर एकल बहुमत ल्याउने तयारीमा कांग्रेस लागेको छ ।
राजनीतिमा कुटनीतिक चाँजोपाँजो मिलाउन माहिर कांग्रेस सभापति शेरबहादुर देउवाको यस्तो तयारी बुझेपछि गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल झस्किएका छन् ।
उनीहरुले कांग्रेसलाई आधाभन्दा बढी सिट नदिने गरी जान खोजेका छन् । जसका कारण सरकार बनाउन माओवादीको साथ कांग्रेसलाई अनिवार्य होस् । नत्र प्रचण्ड र माधव नयाँ विकल्पमा जानेसम्मको तयारीमा छन् । नयाँ विकल्पमा वाम एकताको कुरा अघि सर्छ । जसमा नेकपा एमालेसँगको तालमेल वा एकता पनि महत्वपूर्ण विषय बन्न सक्छ ।
सिट बाँडफाटमा समानता नभएपछि नेपालले शनिबारको कार्यक्रममा कांग्रेसप्रति आक्रोश पोखे । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले त कांग्रेसलाई बहुमत ल्याउन हामीले गठबन्धन गर्दिनुपर्ने भन्दै कडा प्रश्न समेत उठाए । उनले सार्वजनिक रुपमै केही समयदेखि वाम एकताको आश्यकता औंल्याउँदै आएका छन् ।
त्यस्तै, माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि कांग्रेसविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै वाम एकतालाई वा कम्ती चुनावी तालमेलको विषयलाई जोडले उठाइरहेका छन् । केही दिन अघि एमाले अध्यक्ष ओलीलाई वाम एकताको नेतृत्व लिन श्रेष्ठले सार्वजनिक अपील नै गरे ।
उता प्रचण्ड र माधव नेपालले बामदेव गौतम र डा. बाबुराम भट्टराईसमेतलाई समेटेर समाजवादी केन्द्र निर्माण गर्न अग्रसर छन् ।
कांग्रेसलाई कुनै पनि हालतमा एकल बहुमत ल्याउन नदिन र निर्वाचनपछि जसरी भएपनि माओवादी सरकारमा अनिवार्य सहभागी हुने वातावरण बनाउन प्रचण्ड तल्लीन छन् ।
चुनावपछि प्रधानमन्त्री बन्ने रणनीतिमा रहेका प्रचण्डले आफ्नो आकांक्षा पूरा गर्नलाई पनि काँग्रेसलाई १६५ सिटमध्ये आधाभन्दा बढी नदिने रणनीतिमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #congress
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्