एकल बहुमत ल्याउने रणनीतिमा कांग्रेस, गठबन्धनमा भूकम्प
काठमाडौं, ८ साउन । नेपाली कांग्रेसले आगामी संसदीय निर्वाचनमा एकल बहुमत ल्याउने रणनीति बनाएपछि सत्तारुढ गठबन्धनमा हलचल भएको छ ।
कांग्रेसले प्रत्यक्षतर्फ कम्तीमा पनि १०० सिट आफ्नो पक्षमा हुनुपर्ने गरी गर्न लागेको छ । अन्य बाँकी ६५ मात्र गठबन्धनका दलहरुलाई दिने कांग्रेसको रणनीति छ ।
गत २०७४ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिटमात्र जितेको थियो भने समानुपातिकमा ४० सिट ल्याएको थियो ।
अहिलेको निर्वाचनमा भने प्रत्यक्षतर्फ ९० देखि ९५ सिट जित्ने अनि समानुपातिकमा करिब ४५ सिट जितेर एकल बहुमत ल्याउने तयारीमा कांग्रेस लागेको छ ।
राजनीतिमा कुटनीतिक चाँजोपाँजो मिलाउन माहिर कांग्रेस सभापति शेरबहादुर देउवाको यस्तो तयारी बुझेपछि गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल झस्किएका छन् ।
उनीहरुले कांग्रेसलाई आधाभन्दा बढी सिट नदिने गरी जान खोजेका छन् । जसका कारण सरकार बनाउन माओवादीको साथ कांग्रेसलाई अनिवार्य होस् । नत्र प्रचण्ड र माधव नयाँ विकल्पमा जानेसम्मको तयारीमा छन् । नयाँ विकल्पमा वाम एकताको कुरा अघि सर्छ । जसमा नेकपा एमालेसँगको तालमेल वा एकता पनि महत्वपूर्ण विषय बन्न सक्छ ।
सिट बाँडफाटमा समानता नभएपछि नेपालले शनिबारको कार्यक्रममा कांग्रेसप्रति आक्रोश पोखे । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले त कांग्रेसलाई बहुमत ल्याउन हामीले गठबन्धन गर्दिनुपर्ने भन्दै कडा प्रश्न समेत उठाए । उनले सार्वजनिक रुपमै केही समयदेखि वाम एकताको आश्यकता औंल्याउँदै आएका छन् ।
त्यस्तै, माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि कांग्रेसविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै वाम एकतालाई वा कम्ती चुनावी तालमेलको विषयलाई जोडले उठाइरहेका छन् । केही दिन अघि एमाले अध्यक्ष ओलीलाई वाम एकताको नेतृत्व लिन श्रेष्ठले सार्वजनिक अपील नै गरे ।
उता प्रचण्ड र माधव नेपालले बामदेव गौतम र डा. बाबुराम भट्टराईसमेतलाई समेटेर समाजवादी केन्द्र निर्माण गर्न अग्रसर छन् ।
कांग्रेसलाई कुनै पनि हालतमा एकल बहुमत ल्याउन नदिन र निर्वाचनपछि जसरी भएपनि माओवादी सरकारमा अनिवार्य सहभागी हुने वातावरण बनाउन प्रचण्ड तल्लीन छन् ।
चुनावपछि प्रधानमन्त्री बन्ने रणनीतिमा रहेका प्रचण्डले आफ्नो आकांक्षा पूरा गर्नलाई पनि काँग्रेसलाई १६५ सिटमध्ये आधाभन्दा बढी नदिने रणनीतिमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #congress
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्