सिटी रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
भद्रपुर, झापा । झापामा शुक्रबार साँझ सिटी रिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
जिल्लाको कमल गाउँपालिकाका–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ह २४२३ नम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको को ३८ प १२८३ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक कमल–६ निवासी २४ वर्षीय रोशन कोइरालाको मृत्यु भएको हो । कोइरालाको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार कमल–४ निवासी १९ वर्षीय रेवत सुवेदी, कमल–७ निवासी २१ वर्षीय भविन मगर र सिटी सफारीमा सवार कमल–५ निवासी ६५ वर्षीया सुकमाया माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।
घाइतेमध्ये सुवेदीको न्युरो अस्पताल विराटनगर, मगरको बीएण्डसी अस्पताल र माझीको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।
सिटी चालक कमल–६ निवासी ५२ वर्षीय दिलमान माझीसहित दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्