ट्राफिक प्रहरीले मधेस प्रदेशमा २२ करोड राजस्व सङ्कलन
धेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड बढी राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू र मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी रु २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरेको हो ।
आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व सङ्कलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रु एक करोड ७८ लाख ७० हजार पाँच सय मात्र राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले रु तीन करोड ७५ लाख ५६ हजार, सप्तरीले रु दुई करोड १२ लाख ५१ हजार, धनुषाले रु एक करोड ९७ लाख ५७ हजार, महोत्तरीको रु दुई करोड ५३ लाख १९ हजार ५००, सर्लाहीले रु दुई करोड १६ लाख ३४ हजार ५००, बाराले रु दुई करोड ४५ लाख ६८ हजार र पर्साले रु दुई करोड ८५ लाख २१ हजार ५०० राजस्व सङ्कलन गरेका ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सो कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा दुई लाख ५९ हजार एक सय ८८ वटा सवारी साधनबाट रु १९ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #राजस्व सङ्कलन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्