नेपालगञ्ज–दिल्ली मैत्री बस सेवा सञ्चालन
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्ज दिल्ली मैत्री बस सेवाले दुई देशबीचको सम्बन्ध कसिलो बनाउने बताउनुभएको छ ।
आज नेपालगञ्जमा नेपालगञ्ज–दिल्ली मैत्री बस सेवाको उद्घाटन गर्दै उहाँले यातायातका साधनबाट सीधा सम्पर्क जोडिएसँगै नेपाल भारतबीच रहेको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध अझ कसिलो बन्ने विश्वास व्यक्त गर्नुभयोे ।
मुख्यमन्त्री पोखरेलले नेपालगञ्ज दिल्ली बस सेवा सुविधाजनक र भरपर्दो हुन सके मानसरोवर र पश्चिम नेपालका अन्य पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकहरु हवाई यात्रा गरेर दिल्लीदेखि काठमाण्डौ र त्यसपछि नेपालगञ्ज आउने बाध्यता हट्ने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा, नेपालस्थित भारतीय राजदुतावासका सहसचिव निरजकुमार, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव डेकनाथ गौतमले बस यात्राले दिल्ली र नेपालगञ्जको दूरी घटाएको धारणा व्यक्त गर्नुभयो ।
भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले सुविधा सम्पन्न र सुरक्षाका दृष्टिकोणले भरपर्दो सुविधा प्रदान गरिने भन्दै अबका दिनमा ई टिकट माध्यमबाट सर्वसाधारणलाई टिकट किन्ने व्यवस्था मिलाइने बताउनुभयो ।
दुई वर्षदेखि पर्यटन परमिटका आधारमा बस सेवा सञ्चालन गर्दै आए पनि अब मैत्री बस सेवा सञ्चालनका लागि आधिकारिक अनुमति प्राप्त भएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले बताउनुभयो ।
नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि बस सेवा सञ्चालन गर्न नेपाल सरकार र भारतको उत्तर प्रदेश यातायात परिवहन निगमबाट भेरी यातायात प्रालि सूचिकृत भएको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #मैत्री बस सेवा
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्