श्रीलंकाको १५ औँ प्रधानमन्त्री दिनेश गुणवर्धनाले लिए शपथ

कोलम्बो । श्रीलंकाको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन् ।
श्रीलंका पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिंघेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग बिहीबार भएको सघन छलफलपछि आज उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको हो । भूतपूर्व राष्ट्रपति गोताबाया राजापाक्ष र रनिल विक्रमासिङ्घेको नेतृत्वमा उनले गृहमन्त्रीका रुपमा काम गरेका थिए ।
आगामी बुधबार संसद् बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । राजनीतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।
यसैबीच, राष्ट्रपति सचिवालय बाहिर ठूलो सङ्ख्यामा उपस्थित प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न भारी मात्रामा सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
उनीहरूले राष्ट्रपति विक्रमासिंघेको विरोध गरिरहेका छन् । यहाँस्थित सरकार विरोधी प्रदर्शन शिविरमा सुरक्षाकर्मीले छापा मारेको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #दिनेश गुणवर्धना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्