अमेरिकी राष्ट्रपति जो बाइडनलाई कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् ।
थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । साथै उनले एन्टीभाइरल औषधि पनि लिइरहेका छन् ।
७९ वर्षीय राष्ट्रपति बाइडनमा कोरोना भाइरस संक्रमणको सामान्य लक्षण देखिएको छ । उनले टेलिफोन र भर्चुअल माध्यमबाट बैठकमा भाग लिंदै आएका छन् ।
यसैगरी राष्ट्रपति बाइडनकी पत्नी जिल बाइडनका अनुसार उनी संक्रमित भए पनि स्वास्थ्य अवस्था ठिक छ । आफ्नो कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको उनले बताएकी छिन् ।
राष्ट्रपति बाइडनका चिकित्सक डा. केभिन कोनोरले ट्वीट गरेर राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएको जनाएका छन् । उनले कोरोनाविरुद्धको खोपको पूरा मात्र लिएका थिए । साथै उनले दुई बुस्टर डोजसमेत लिएका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अमेरिकी राष्ट्रपति जो बाइडन, #जो बाइडन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्