राष्ट्र बैंकले आजै मौद्रिक नीति ल्याउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।
बैंकले ल्याउन लागेको मौद्रिक नीतिका बारेमा बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरिसकेको छ ।
बैंकका प्रवक्ता गुणाकार भट्टका अनुसार आज विहान बस्ने बोर्ड बैठकले मौद्रिक नीति ल्याउने कि रोक्ने भन्ने निर्णय गर्नेछ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री देउवालाई बिहीबार मौद्रिक नीतिबारे ब्रिफिङ गरेका थिए ।
शुक्रबार बिहान सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति ल्याउने बैंकको तयारी छ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री आफैँले अर्थ मन्त्रालयको जिम्मा लिएका छन् ।
आर्थिक अनुसन्धान विभागले अन्य विभागसँग छलफल गरी तयार पारेको मस्यौदामाथि छलफल सकेर ड्राफ्ट तयार पारिन्छ । ड्राफ्टलाई राष्ट्र बैकको बोर्ड बैठकमा छलफल हुनेछ ।
बोर्ड बैठकले स्वीकृत गरेपछि गभर्नरले मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था छ । तर, बोर्ड बैंठकमा सहमति नजुटे पुनः अर्को पटक बैठक बस्दै जान्छन् । यदि आज विहान बोर्ड बैठकमा सहमति भएमा शुक्रबार बेलुका मौद्रिक नीति सार्वजनिक हुनेछ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot, #नेपाल राष्ट्र बैंक, #मौद्रिक नीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्