परिवारवाद लाद्ने नेता एस. देउवा, पी. दाहाल र ए. राणा देउवा खोजेर कारबाही गर्न बस्नेतको सुझाव
काठमाडौँ । नेकपा एमालेका सांसद् महेश बस्नेतले देशी-विदेशी शक्ति गुहारेर राष्ट्रपति, प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस. देउवा, माओवादी नेता पी. दाहाल र नेतृ ए. राणा देउवा खोजेर कारबाही सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बिहिबार बोल्नुहँदै सांसद बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘सत्तारुढ दलका सांसदहरूलाई एम. अधिकारी नखोज्न भन्दै विभिन्न विषय उठाएका छन् । केही साथीहरू एमाले अर्थ विभागका एम. अधिकारी खोजिरहेका छन् । देशी-विदेशी शक्ति गुहारेर राष्ट्रपति, प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस. देउवा, माओवादी नेता पी. दाहाल र नेतृ ए. राणा देउवा खोजेर कारबाही गर्नुपर्ने होइन र ?’
अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा कानुनविपरीत गतिविधि गर्नेहरूलाई खोज्नुपर्ने बस्नेतको भनाइ थियो । बस्नेत भन्नुहुन्छ- ‘बजेटमा रातारात सेटिङ गरेर कर तथा भन्सारका दरहरू गडबड गरेर सीसीटीभीलगायत प्रमाण नष्ट गर्ने र कमिसन ६ अर्ब रुपैयाँभन्दा बढी गडबड गर्ने माओवादी नेता जे. शर्माको खोजी गरेर कारबाही गर्नुपर्छ । कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्तिमन्त्री कांग्रेस नेता डी. बडूलाई काबाही गर्नुपर्ने होइन र ?
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #महेश बस्नेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्