राहदानी बनाइदिने बहानामा ठगी गर्ने ६ जना बीरगंजबाट पक्राउ
बीरगंज । राहदानी अर्थात् पासपोर्ट बनाई दिने भन्दै सर्वसाधारणलाई अनलाइन फारम भर्ने बहानामा ठगी गरेको आरोपमा प्रहरीले आज दिउँसो बीरगंजको घण्टाघरस्थित जिल्ला प्रशासन कार्यालय अगाडी रहेका मोबाइल सेन्टर तथा फोटो स्टुडियोमा छापामारी ६ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको अगाडी रहेका फेस फोटो स्टुडियोबाट सदाम हुसेन र फरियाज आलम, गणेश मोबाइल सेन्टरबाट अनुज गुप्ता, चन्दन मोबाइल सेन्टरबाट कुन्दन यादव, गढीमाई स्टुडियोबाट प्रदीप साह सहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।
पक्राउ परेका अभियुक्तहरूलाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको र थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिनुभयो ।
अभियुक्तहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी बनाउन आएका सर्वसाधारणसँग अनलाइन फारम भर्ने बाहानमा ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म असुल्ने गरेको तथा तत्काल पासपोर्ट बनाई दिने भन्दै प्रशासनको नाममा अनधिकृत रुपमा रकम माग गरी ठगी गरेको भेटिएको गुनासो सेवाग्राहीबाट आएपछि निजहरूलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता पौडेलले बताउनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्