फोहोर ढुवानीका साधन एक हप्ता सञ्चालन नर्गन काठमाडौं महानगरलाई आग्रह
काठमाण्डौं । सहरी विकास तथा भवन निर्माण विभागको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाले कम्तिमा एक हप्ता फोहोर मैला ढुवानीका सवारी साधनहरु सन्चालन नगरिदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।
फोहोर मैला ढुवानीका साधनहरुले तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मत सम्भार गरी स्तरोन्नति गर्ने काम प्रभावित भएको भन्दै सहरी विकास तथा भवन निर्माण विभागले एक हप्तासम्म फोहोर मैला ढुवानीका साधन सन्चालन नगरिदिन आग्रह गरेको हो ।
फोहोर बोकेका गाडी आवतजावत गरिरहने हुँदा सडक निर्माण हुन नसकेकाले गाडी रोक्न आग्रह गरिएको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाका निर्देशक रवीन्द्र बोहराले जानकारी दिए ।
यसअघि विभागले असार १७ गते र १९ गते सहजीकरण गरिदिन महानगरपालिकालाई भनेको थियो । सो अनुसार दैनिक रुपमा बिहान ४ बजेदेखि १२ बजेसम्म मात्र फोहोर मैलाको सवारी साधन ढुवानी गर्ने समय समय निर्धारण गरिएको थियो । तर त्यस बमोजिम पनि कार्यान्वयन गर्न नसकिएकाले सडक निर्माण कार्य द्रूत गतिमा सन्चालन गर्न कम्तिमा एक हप्ता ढुवानीका साधन रोक्नु पर्ने आयोजनाको माग छ ।
तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मत सम्भार गरी स्तरोन्नती गर्ने काम हाल समानान्तर निर्माण सेवा प्रालिले गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #फोहोर मैला, #बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्