झापा गाउँपालिका सिमलडाँगीमा आगलागी छ घर जलेर नष्ट
झापाको झापा गाउँपालिका वडा नम्बर ५ सिमलडाँगीमा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । बुधबार बिहान करिब तीन बजे अब्दुल करिम अलीको घरमा बिजुली सर्ट भई आगलागी भएको थियो। आगलागीले अब्दुलका छिमेकमा रहेका अन्य पाँच घर पनि जलेको छ।
अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर जलेको प्रहरीले बताएको छ। आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएको तथा अन्नपात, लत्ताकपडालगायत विभिन्न सामग्री पनि जलेको प्रहरीले जानकारी दिएको छ। स्थानीयहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
क्याटेगोरी : समाचार
ट्याग : #आगलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्