चितवनको माडीबाट लागुऔषध सहित एक जना पक्राउ
चितवन । प्रतिबन्धित लागुऔषध सहित एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीको विशेष टोलीले हिजो (सोमबार) लागूऔषध नाईट्राभेट ३१७ ट्याब्लेट, कोरेक्स १ बोतल सहित माडी नगरपालिका वडा नंम्बर ७ देवेन्द्रपुरबाट २१ बर्षीया सागर काफ्लेलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा पैदल हिंडिरहेका उनलाई नियन्त्रणमा लिई रीतपुर्वक चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याइएको अवस्थामा लागूऔषध नाईट्राभेट ३१७ ट्याब्लेट, कोरेक्स १ बोतल फेला पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका काफ्ले विरुद्ध लागूऔषध ओसारपसार कसुरमा आज (मंगलबार) सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।
पछिल्लो समय चितवन प्रहरीले जिल्लाको सुरक्षा ब्यवस्थालाइ कडाइ पारेसंँगै लागूऔषधका गिरोहहरु समेत धमाधम प्रहरीको फन्दामा पर्दै आएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्