भारत लैजाँदै गरेका दुई सय महिला तथा बालबालिको उद्धार
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै भारत लैजान लागिएका १ सय ८२ महिला तथा बालबालिकालाई माइती नेपाल वीरगञ्ज आवधिक गृहले उद्धार गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा वीरगञ्ज नाका प्रयोग गरी भारत लैजान लागिएका १ सय ८२ महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख गोमा पौडेलले बताउनुभयो ।
सो अवधिमा गृहले नेपाल र भारत प्रहरी तथा भारतको मोतीहारीस्थित बाल कल्याण समितिसँगको समन्वयमा भारतबाट ८५ महिला तथा बालबालिकाहरूको समेत उद्धार गरेको छ ।
यसरी उद्धार गरी ल्याइएकामध्ये अधिकांश भारतका विभिन्न गाउँ तथा सहरमा अवैध रूपले सञ्चालित अर्केस्ट्रामा कार्यरत रहेका थिए ।
भारतबाट उद्धार गरिएकामध्ये रक्सौलबाट ३६, मोतीहारी बालिका गृहबाट १३ र बालगृहबाट ४, मुम्बईबाट १२, छौडादानोबाट ११, भेलाहीबाट २, आसाम, बेतिया, जलन्धरबाट १/१ जना रहेको पौडेलले बताउनुभयो ।
त्यसैगरी एक वर्षको अवधिमा वीरगञ्जका आवधिक गृहमा ३ सय ४ महिला तथा बालबालिकालाई संरक्षण दिइएको छ ।
उनीहरू सीमा तथा भारतबाट उद्धार गरी ल्याइएका, प्रहरीले बेवारिसे अवस्थामा फेला पारी संरक्षणका लागि गृहमा ल्याइदिएकाहरू हुन । अन्य निकायबाट बारा र पर्सामा अलपत्र अवस्थामा फेला परेका ३७ महिलालाई गृहमा संरक्षण दिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भारत लैजाँदै गरेका दुई सय महिला तथा बालबालिको उद्धार, #महिला तथा बालबालिको उद्धार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्