Techie IT
मंगलबार, वैशाख २३,२०८२

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ माथि दफावार छलफल जारी


काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद  विश्वविद्यालय विधेयक २०७६ माथि दफावार छलफल जारी रहेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालयको प्रकृति, सङ्गठनात्मक संरचना, लगानी, अध्ययन अनुसन्धानका क्षेत्रलगायतका विषयमा सांसदहरुले धारणा राख्नुभयो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले  विधेयक अहिलेको आवश्यकता भएकाले तत्काल पास गरेर लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्व शिक्षा मन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेल, नेकपा एमालेका सांसद योगेश भट्टराई, सरिता न्यौपाने, मीनबहादुर विश्वकर्मा, प्रेम सुवाल लगायतले छलफलमा भाग लिनुभयो ।

त्यस्तै, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद  विश्वविद्यालय विधेयक संशोधनसहित अर्को बैठकले पारित गर्ने जानकारी गराउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #योगमाया आयुर्वेद  विश्वविद्यालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545