लाटोकोसेरोसहित दुई पक्राउ
संरक्षित पक्षी लाटोकोसेरो ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र डिभिजन वन कार्यालय काठमाडौँबाट खटिएको संयुक्त टोलीले काठमाडौँ महानगरपालिका–३१ दीर्घशान्ति टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खोजी गर्दा जीउँदो लाटोकोसेरोसहित उनीहरु फेला परेका हुन् ।
पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका–१२ बस्ने नकुल तामाङ र सर्लाहीको साविक नारायणखोला गाविस–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ दीर्घशान्ति टोल बस्ने रङ्गबहादुर ब्लोन रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
अवैध रुपमा खरिद बिक्रीका लागि ओसारपसार गरी ल्याएको अवस्थामा सोमबार उनीहरुको साथबाट संरक्षित पंक्षी लाटोकोसेरोको समेत उद्धार गरिएको छ ।
अवैध कार्यमा संलग्न उनीहरुलाई डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिनुभयो । उनीहरु विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा अगाडि बढाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #लाटोकोसेरो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्