Techie IT
मंगलबार, वैशाख २३,२०८२

बाँके प्रहरीद्धारा ६ करोड बराबरका चोरी पैठारीका सामान बरामद


नेपालगञ्ज । बाँके प्रहरीले एक वर्षमा झण्डै ६ करोड रुपैयाँ बराबरका भन्सार चोरी पैठारीका सामान बरामद गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रहरी कार्यालय बाँकेले ५ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरमा सामान बरामद गरेको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा साढे २ करोडको अवैध मालसामान बरामद गरिएको थियो । भन्सार चोरी पैठारी गर्ने ५३ जना पक्राउ परेका छन् ।

चालू मुद्दामा पक्राउ पर्ने प्रतिवादीहरूको सङ्ख्या पनि अघिल्लो वर्ष भन्दा झण्डै दोब्बर छ । गएको आर्थिक वर्षमा १३२५ जना पक्राउ पर्दा त्यसअघि ७५७ जना पक्राउ परेका थिए । गएको आर्थिक वर्षमा बाँके प्रहरीले ४ किलो बढी सुन पक्राउ गरेको थियो । मुद्दा दर्ता सङ्ख्या पनि अघिल्लो आर्थिक वर्ष भन्दा बढेको छ । २०७८/७९ मा ११५७ मुद्दा दर्ता हुँदा त्यसअघि ८१३ मुद्दा दर्ता भएको तथ्याङ्क बाँके प्रहरीमा छ ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक अधिकारीका अनुसार लागू औषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने सङ्ख्या दुवै केही घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा १२६ मुद्दा दर्ता भएकोमा गत वर्ष ११२ मुद्दा दर्ता भएका छन् । यस्तै अघिल्लो वर्ष १९६ जना पक्राउ परेकोमा यस पटक १८५ जना पक्राउ परेका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #बाँके प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545