तनहुँमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

तनहुँ । तनहुँको व्यास–११ सेरामा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा व्यास–११ का २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
मृतक सुनार मोटरसाइकलको पछाडि सवार थिए ।
मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार भने घाइते भएको र उनको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ग१५प ६५०४ नम्बरको मोटरसाइकललाई ग१क २६८३ नम्बरको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने बस माया युनिभर्स स्कुलको रहेको प्रहरीले जनाएको छ । बस सडकभन्दा केही तल पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्