नेपाललाई एसियन शारीरिक सुगठनको कास्यपदक
काठमाडौँ । नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ कास्यपदक जितेका छन् ।
राजुले १७० सेमीसम्मको समूहमा कास्यपदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेश सङ्घका उपाध्यक्ष एवं टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विधामा विभिन्न २४ राष्ट्र सहभागी थिए ।
त्यस्तै सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पुर्याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेश महासङ्घले नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई ‘डिस्ङिग्वीस्ड अवार्ड’ले सम्मान गरेको उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा राजुसहित सुजिता मानन्धर र उमेश राईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुजिताले आफ्नो फिजिकअन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दैछिन् । यस्तै उमेशले भने बुधबार प्रतिस्पर्धा गर्दै छन् ।
नेपालले आगामी सन् २०२३ मा ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्नेछ ।रासस
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #शारीरिक सुगठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्