नेपाललाई एसियन शारीरिक सुगठनको कास्यपदक

काठमाडौँ । नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ कास्यपदक जितेका छन् ।
राजुले १७० सेमीसम्मको समूहमा कास्यपदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेश सङ्घका उपाध्यक्ष एवं टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विधामा विभिन्न २४ राष्ट्र सहभागी थिए ।
त्यस्तै सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पुर्याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेश महासङ्घले नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई ‘डिस्ङिग्वीस्ड अवार्ड’ले सम्मान गरेको उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगितामा राजुसहित सुजिता मानन्धर र उमेश राईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुजिताले आफ्नो फिजिकअन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दैछिन् । यस्तै उमेशले भने बुधबार प्रतिस्पर्धा गर्दै छन् ।
नेपालले आगामी सन् २०२३ मा ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्नेछ ।रासस
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #शारीरिक सुगठन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्