खानेपानी तथा सरसफाइ विधेयक,२०७६ राष्ट्रियसभामा पेश
काठमाडौँ । खानेपानी तथा सरसफाइ विधेयक,२०७६ राष्ट्रियसभामा पेश भएको छ
राष्ट्रियसभाको आजको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक सभासमक्ष पेश गर्नुभयो ।
विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीमा देखिएका यावत समस्याको दीर्घकालीन समाधानका लागि विधेयकलाई चाँडै कानुनी रूप दिनुपर्ने बताउनुभयो ।
यस्तै, शपथ सम्बन्धी विधेयक,२०७८ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पनि राष्ट्रिय सभामा पेश भएको छ ।
समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले उक्त प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक साउन ४ गते बुधबार दिउँसो १ः०० बजे बस्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उमाकान्त चौधरी, #खानेपानी तथा सरसफाइ विधेयक, #राष्ट्रियसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्