२० प्रतिशत जनता बहुआयामिक गरिबी झेलिरहेका छन्: प्रदीपकुमार ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आम उपभोक्ता अहिले वस्तुको अभाव, विभिन्न क्षेत्रमा सिन्डिकेट, बजार अनुगमनको अभाव र राज्यको कमजोर उपस्थितिका कारण जनता मर्कामा परेको बताउनुभएको छ ।
पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागद्वारा आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उपमहासचिव ज्ञवालीले महँगी कुनै दल विशेषका मानिसहरूका लागि मात्र नभई यसबाट आम जनसमुदाय आक्रान्त भइरहेको वर्तमान अवस्थामा महँगी नियन्त्रणका लागि सरकारमा दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले उपभोक्ताहरू चौतर्फी मारमा परिरहेको मुद्दालाई दलहरूले आफ्ना एजेण्डामा प्राथमिकतामा राखेर उठाउनुपर्ने बताउनुभयो ।
“१७ प्रतिशत नेपाली जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, २० प्रतिशत बहुआयामिक गरिबी झेलिरहेका छन्, यस्तो महँगी र चौतर्फी मारमा कसरी जीवन चलिरहेको होला ?” उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #प्रदीपकुमार ज्ञवाली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्