२० प्रतिशत जनता बहुआयामिक गरिबी झेलिरहेका छन्: प्रदीपकुमार ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आम उपभोक्ता अहिले वस्तुको अभाव, विभिन्न क्षेत्रमा सिन्डिकेट, बजार अनुगमनको अभाव र राज्यको कमजोर उपस्थितिका कारण जनता मर्कामा परेको बताउनुभएको छ ।
पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागद्वारा आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उपमहासचिव ज्ञवालीले महँगी कुनै दल विशेषका मानिसहरूका लागि मात्र नभई यसबाट आम जनसमुदाय आक्रान्त भइरहेको वर्तमान अवस्थामा महँगी नियन्त्रणका लागि सरकारमा दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले उपभोक्ताहरू चौतर्फी मारमा परिरहेको मुद्दालाई दलहरूले आफ्ना एजेण्डामा प्राथमिकतामा राखेर उठाउनुपर्ने बताउनुभयो ।
“१७ प्रतिशत नेपाली जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, २० प्रतिशत बहुआयामिक गरिबी झेलिरहेका छन्, यस्तो महँगी र चौतर्फी मारमा कसरी जीवन चलिरहेको होला ?” उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #प्रदीपकुमार ज्ञवाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्