राष्ट्रियसभाका सांसदहरुद्धारा नागरिकतासम्बन्धी विधेयक चाँडो पारित गर्नुपर्ने माग
काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले नागरिकतासम्बन्धी विधेयक जतिसक्दो चाँडो पारित गर्नुपर्ने माग गर्नुभएको छ ।
सभाको आजको बैठकको सुरुमै दलीय आधारमा बोल्दै नेकपा (एमाले)का सांसद खिमलाल भट्टराईले भन्नुभयो, “नागरिकताको विषय धेरै गम्भीर विषय हो, यसलाई द्रुत गतिबाट छिटो टुङ्ग्याउनुपर्छ, राष्ट्रिय सभाबाट छिटोभन्दा छिटो पास गर्नुपर्छ, सरकार यसमा गम्भीर बन्नै पर्छ ।”
सबै राजनीतिक पार्टीको राजनीतिक यात्रा विकासको निम्ति हुनुपर्नेमा जोड दिँदै उहाँले पछिल्लो समयमा बढ्दै गएको महँगीको अन्त्य गर्नुपर्ने माग गर्नुभयो । सङ्घीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उहाँले टिप्पणी गर्नुभयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबार भएको घटनाबारे आपत्ति जनाउँदै उहाँले त्यसबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो । उहाँले सार्वजनिक लेखा समितिको सभापति आफैँले लेखापरीक्षण गरेको भन्दै राजीनामाको माग गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नागरिकताको विषयमा छिमेकी मुलुकको गरेको कानुनी व्यवस्था र प्रयोगलाई पनि हेरिनु पर्दछ, नागरिकता प्रदान गर्ने विधि सरल तर नागरिकतासम्बन्धी हाम्रो नीति भने कठोर हुनुपर्दछ ।”
नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति प्रष्ट र एकरूपता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एमसिसीका बारेमा भएका टिका टिप्पणीबारे सरकारको प्रष्ट धारणा बन्नुपर्ने धारणा राख्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नागरिकतासम्बन्धी विधेयक, #राष्ट्रियसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्