स्वास्थ्य र शिक्षाको हक कार्यान्वयन गरी समाजवादको आधार तय गर्न सरकारलाई एमालेको सुझाव

काठमाडौँ । नेकपा एमालेले मौलिक हक अन्तर्गत स्वास्थ्य र शिक्षाको हक कार्यान्वयन गरी समाजवादको आधार तय गर्न सरकारलाई सुझाव दिएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले एक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्याङ्कन गरी प्रतिपक्षी दलका तर्फबाट निगरानी र खबरदारी गरिएको जनाएको हो ।
एमालेले कुल जनसङ्ख्याको ७० प्रतिशतलाई यही असार १५ भित्र कोभिड विरुद्धको खोप लगाउनुपर्ने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनको भएपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यो पुरा गर्न नसकेको एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले बताउनुभयो ।
सरकारले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा हुने नीतिगत पक्षमा प्रतिपक्षी दल र सरोकारवालाहरूसँग छलफल गर्नुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख भट्टराईले माग गर्नुभयो ।
चिकित्सा शिक्षाका विविध विषयको लाइसेन्स परीक्षामा ३० प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण हुनुले गम्भीर ध्यानाकर्षण भएको नेकपा एमालेले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##एमाले, #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्