योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमाथि छलफल सुरु
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल सुरु भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसद द्वय प्रेम सुवाल र राजेन्द्रप्रसाद गौतमले विधेयकमाथि संशोधनका बुँदा प्रस्तुत गर्नुभयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालयमा जस्तो कुलपति प्रधानमन्त्री हुने प्रावधान नराखी प्राध्यापकहरूबिच निर्वाचन गराएर योगमाया आयुर्वेद विश्वविद्यालयमा कुलपति नियुक्त गर्न सकिने प्रावधान राख्न माग गर्नुभयो ।
उहाँले विश्वविद्यालयभित्र शिक्षक तथा विद्यार्थी सङ्गठन र युनियन गठन गर्न नपाउने व्यवस्था गरिनु पर्नेमा जोड दिनुभयो ।
संशोधन प्रस्तुत गर्नुहुने नेकपा एमालेका सांसद राजेन्द्रप्रसाद गौतमले योगमाया आयुर्वेद विश्वविद्यालयमा सम्पूर्ण नेपाली विद्यार्थीले निःशुल्क पढ्न पाउने व्यवस्था विधेयकमा गर्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : ##शिक्षा तथा स्वास्थ्य समिति, #योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्