Techie IT
बुधबार, मंसीर ३,२०८३

बुधबारदेखि बेपत्ता बालकको शव भेटियो


सिन्धुपाल्चोक । बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडिखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो ।

बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहररी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिनुभयो ।

उहाँले बर्खाको समयमा नदी तथा खबरे खोला आसपास नजानसमेत आग्रह गर्नुभयो । उहाँले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताउनुभयो ।–रासस


क्याटेगोरी : समाचार
ट्याग : #बालकको शव भेटियो, #बुधबारदेखि बेपत्ता बालकको शव भेटियो


तपाईको कमेन्ट लेख्नुहोस्