निष्पक्षता र मूल्याङ्कनका आधारमा सबैलाई न्याय हुनुपर्छ : रामचन्द्र पौडेल
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टीभित्र कसैलाई पनि अन्याय हुन नहुने धारणा राख्नुभयो । “पार्टीभित्र भिन्न मत राख्नेको पनि कदर हुनुपर्छ”, उहाँले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैको मतको कदर गर्नुपर्ने उहाँको भनाइ थियो । वरिष्ठ नेता पौडेलले विगतका सरकारले गरेका गल्ती दोहोर्याउने छुट वर्तमान सरकारलाई नभएको बताउनुभयो ।
आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले पार्टीले आफ्नो आवश्यकता कसरी महसुस गर्छ त्यसपछि मात्रै आफूले धारणा सार्वजनिक गर्ने बताउनुभयो । “मेरो इच्छामा मात्र भरपर्ने कुरा होइन, पार्टीले मेरो आवश्यकता महसुसलाई कसरी लिन्छ त्यसपछि मात्रै कुरा हुन्छ”, उहाँले भन्नुभयो, “१४औँ महाधिवेशनमा सभापतिले देशलाई तपाईँको आवश्यकता छ, स्वास्थ्यको ख्याल गर्नुहोस् भन्नुभएको थियो ।”
वरिष्ठ नेता पौडेलले अहिलेको गठबन्धन स्थिरताका लागि भएको प्रष्ट पार्नुभयो । मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडि बढाउने आफूहरूको मूल लक्ष्य रहेको पौडेलको भनाइ थियो । “अहिले कांग्रेस र कम्युनिष्टको सवाल होइन, मुलुकको स्थिरताको सवाल हो,” पौडेलले भन्नुभयो । मुलुकमा स्थायित्व र सुशासनको जग बसालेर राजनीति छाड्न मन रहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो ।
राष्ट्र बैङ्कका गभर्नर पार्टीको कमिटीमा बस्नु संवैधानिक र कानुन विपरीत रहेको उहाँको भनाइ थियो । “मलाई व्यवस्थाको चिन्ता भएकाले जिल्ला आउन कमी भएको थियो, अब विकासमा हलचल आउँछ”, उहाँले भन्नुभयो । रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##वरिष्ठ नेता रामचन्द्र पौडेल, #नेपाली कांग्रेस, #रामचन्द्र पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्