उपत्यकामा मात्रै १२५ सङ्क्रमित कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २ हजार ८२ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १७७ र १ हजार ९३ नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ गरी कुल २०६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ ।
आज उपत्यकामा १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा १००, ललितपुरमा १८ र भक्तपुरमा ७ सङ्क्रमित भेटिएका छन् । काठमाडौँ उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ६९४ छ । होम आइसोलेसनमा ९८४ र संस्थागत आइसोलेसनमा २१ छन् । सोमध्ये १२ जना आइसियु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
बुधवार ५४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म ११ लाख २१ हजार ५०७ सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
अहिले विश्वभर कोरोना भाइरसको ‘बिए–५’ भेरियन्ट फैलिएको जनाउँदै उहाँले सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #कोरोना सङ्क्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्