राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताउनुभएको थियो । राष्ट्रपति भण्डारीले नेपाल–चीन बीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले थप उचाइमा पुर्याएको बताउनुभएको थियो ।
राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले सीसीपीका नेता लिउलाई सीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप मजबुत भएको बताउनुभयो। ‘राष्ट्रपति सीको भ्रमणले दुई मुलुकबीचको भ्रमणमा अझ मजबुत भएको महसुस गरेका छौं,’ राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो ।
चिनियाँ नेता लिउले आफ्नो नेपालको भ्रमण यहाँका पार्टीहरूसँगको सम्बन्ध बढाउनु रहेको बताउनुभएको थियो । ‘मैले नेपालको सबै राजनीतिक दलका नेताहरुसँग भेटेँ । पार्टीहरूबीचको सम्बन्ध विस्तारका लागि म आएको हुँ,’ लिउको भनाइ थियो ।
राजनीतिक भेटवार्तामा व्यस्त लिउ आज बेलुका नै बेइजिङ फर्कने कार्यक्रम छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #लिउ जियानचाओ, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्