राष्ट्रियसभा बैठकबाट ४ वटा विधेयक पारित
काठमाडौँ । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विभिन्न ४ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेश गर्नुभएको सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भयो ।
यस्तै बैठकमा कानून मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले पेश गर्नुभएको फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधन सम्बन्धी केही कानून संशोधन बनेको विधेयक तथा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।
छलफलका क्रममा सांसदहरू अनिता देवकोटा, विमला पौडेल राई, तुलसाकुमारी दाहाल, गङ्गाकुमारी बेल्वासे दिलकुमारी रावल थापा पार्वती लगायतले शारीरिक तथा मानसिक रुपमा असक्त तथा नाबालिका विरुद्ध हुने यौन हिंसाको मुद्दामा हदम्याद हटाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक असार ३० गते बिहीबार बिहान ११ बजे पुनः बस्ने छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #४ वटा विधेयक पारित, #राष्ट्रिय सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्