Techie IT
शुक्रबार, वैशाख २६,२०८२

सार्वजनिक सवारी साधनको भाडा बढ्यो


काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । इन्धनको बजार मूल्य बढेकाले भाडा बढाएको विभागले जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २।३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २।६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि यातायात विभागले गत चैत १२ गते यातायातको भाडा बढाएको थियो । पछि इन्धनको मूल्य घटेपछि असार १२ गते यातायातको भाडा घटाइएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सार्वजनिक सवारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:16 am6:43 pm +0545