राष्ट्रिय सभामा सांसदहरुद्धारा मूल्य वृद्धि घटाउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । आजको राष्ट्रिय सभा बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद बामदेव गौतमले प्रतिनिधिसभामा उपसभामुख र राष्ट्रिय सभामा उपाध्यक्ष तथा समितिहरूमा रिक्त रहेका सभापति पद तत्काल पूर्ति हुनुपर्ने माग गर्नुभयो ।
सांसद गौतमले लामो समयदेखि रिक्त रहेका उक्त पदहरूमा पुरुष राख्ने व्यवस्था भएको भए तत्काल पुरा हुने आशङ्का व्यक्त गर्दै संविधानले महिला अनिवार्य गरेको विषय बिर्सन नहुने बताउनुभयो ।
विशेष समयमा बोल्दै सांसदहरुले कानुन निर्माणमा उदासीनता देखाउन नहुने, मौलिक हक सम्बन्धी कानुन बनाएपनि कार्यान्वयन फितलो भएको, राष्ट्रिय सभाको शून्य तथा विशेष समयमा सांसदले राखेका विषयमा सम्बन्धित मन्त्रीहरूले पाँच दिन भित्र जवाफ दिनुपर्ने कानुनी व्यवस्था कडाइ पूर्वक लागू हुनुपर्ने माग गर्नुभयो ।
सांसदहरुले जातीय छुवाछुत विरुद्धको कानुन कडाइपूर्वक लागू गर्नुपर्ने, विकास निर्माणको काम ढिलासुस्ती भएको, मूल्य वृद्धि घटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले श्रीलङ्कामा गलत आर्थिक नीतिका कारण अहिलेको अवस्था आएको उदाहरण दिँदै नेपालले छिमेकीलाई खुसी पार्न मात्र ऋण लिन नसक्ने बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #राष्ट्रिय सभा, #वृद्धि घटाउन सरकारको ध्यानाकर्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्