काँग्रेसको भ्रातृ संस्था दलित सङ्घको केन्द्रीय महाधिवेशन गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घले आफ्नो केन्द्रीय महाधिवेशन एक महिनाभित्र सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग माग गरेको छ ।
सङ्घले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटगरी लामो समयदेखि दलित सङ्घको महाधिवेशन हुन नसकेको जनाउँदै एक महिनाभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न माग गरेको हो ।
सङ्घका नेता शिव सुनार, प्रेम विश्वकर्मा, मुक्त महतोलगायतले विसं २०६९ मा सम्पन्न चौथो महाधिवेशनपछि १० वर्षसम्म दलित सङ्घको महाधिवेशन हुन नसकेको भन्दै यथाशीघ्र महाधिवेशन गराउने वातावरण निर्माण गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभएको हो ।
यस्तै, दलित सङ्घका नेताले जातीय विभेदका घटनामा पीडित पक्षलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न कांग्रेस केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा दलित सेल स्थापना गर्न आग्रह गरेका छन् । उहाँहरूले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीले गठन गर्ने विभागमा दलित समुदायको सम्मानजनक सहभागिता प्रतिनिधित्व गराउन माग गर्नुभएको छ ।
यसैगरी, आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यबाहेक प्रत्यक्ष तर्फको निर्वाचनमा कम्तीमा जनसङ्ख्याको आधारमा उम्मेदवार बनाउने व्यवस्था गर्नसमेत माग गरेको छ ।
विसं २०५४ मा स्थापना भएको नेपाल दलित सङ्घको दोस्रो महाधिवेशन विसं २०५९, तेस्रो महाधिवेशन विसं २०६६ र चौथो महाधिवेशन विसं २०६९ मा सम्पन्न भएपछि हालसम्म महाधिवेशन हुन सकेको छैन ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्