प्रचण्डका चरम महत्वाकांक्षाका कारण तत्कालीन नेकपा विभाजन भयो: विष्णु रिजाल
काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले तत्कालीन नेकपा प्रचण्डका चरम महत्वाकांक्षाका कारण विभाजन भएको बताएका छन् ।
उनले आफ्नै समस्या समाधान गर्न नसकेर कम्युनिष्टहरु फुटेको भन्दै कम्युनिष्टहरुको एकता र विभाजनमा विदेशीलाई श्रेय वा दोष दिन नमिल्ने बताए ।
एक रेडियो अन्तर्वार्तामा रिजालले भने, “आफ्नो समस्या आफैं समाधान गर्न नसकेर कम्युनिस्टहरुको जुट र फुटका शृंखला चलेका हुन् । यसमा कुनै मित्रदेशलाई दोष वा श्रेय दिनुपर्ने आवश्यकता छैन । विगतमा पनि हामी चीनका कारण मिलेको होइन । चीनका कारण फुटेको पनि होइन । तत्कालीन नेकपा प्रचण्डका चरम महत्वाकांक्षाका कारण विभाजन भएको हो । कुनै पार्टी वा देशविशेषले एकताको पहल गर्न सक्दैन । कसैले आग्रह गर्दैमा मिल्ने वा नमिल्ने पनि होइन ।”
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ कम्युनिस्टहरुलाई मिलाउन नआएका रिजालको भनाइ छ ।
उनले भने, “चिनियाँ कम्युनिस्ट पार्टीमा नेतृत्व परिवर्तन भएपछि लिउले सबै राजनीतिक दलहरुसँग सहकार्यका लागि भर्चुअल संवाद गर्नुभयो । नेपाल आउनेबित्तिकै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य नारायण खड्कासँग भेट्नुभयो । आज अरु पार्टीका नेताहरुसँग भेट्ने कार्यक्रम छ । यसको अर्थ चिनियाँ कम्युनिस्ट पार्टी सबै दलसँगको सम्बन्ध सुमधुर बनाउन चाहन्छ भन्ने हो । किनभने जुनसुकै सरकार आए पनि नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ र कुनै पनि मित्रदेशविरुद्ध आफ्नो देशको भूमि प्रयोग गर्न दिँदैन ।”
हालको स्थितिमा बामपन्थी एकता सम्भव नभएको जनाउँदै रिजालले भने, नेकपा एमालेलाई पराजित गरेर कांग्रेसलाई पहिलो पार्टी बनाउनु, कम्युनिस्ट पार्टीको सरकार ढालेर त्यसका सभापतिलाई प्रधानमन्त्री बनाउनुलाई आफ्नो ठूलो सफलता र विजय ठान्ने कथित वामपन्थीहरुसँग कसरी एकता हुन सक्छ ? उहाँहरु आफैंले दक्षिणपन्थी, यथास्थितिवादी र बुर्जुवा भनेको पार्टीलाई नेता मानेर हिँडिरहनुभएको छ । पहिले त कांग्रेसको चंगुलबाट उम्किनुपर्यो । वामपन्थी वामपन्थी भनेर रहर गरेर हुन्छ र ? वामपन्थी हुनलाई त पहिले वामपन्थमा फर्किनुपर्यो नि ।”
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #विष्णु रिजाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्