हजुरलाई नमस्ते ट्रेड लिंकले भित्र्यायो नेपाली बजारमा एटिएफ टायर
काठमाडौं । नेपाली बजारमा एटिएफ टायर भित्रिएको छ । हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिले हालै नेपाली बजारमा एटिएफ टायर उपलब्ध गराएको हो ।
सन् १९९३ सालदेखि भारतमा उत्पादन भएको यो टायर भारतीय बजारमा लोकप्रिय छ । नेपाली बजारमा पनि छोटो समयमा ग्राहकबाट राम्रो प्रतिक्रिया प्राप्त भएको प्रालिका सेल्स एण्ड मार्केटिङ म्यानेजर फन्नित शम्शेर कुँवरले जानकारी दिए ।
ट्रक, ब्याकहो लोडर, ग्रेडर, लोडर, ट्याक्टरमा प्रयोग हुने टायरहरु नेपाली बजारमा उपलब्ध रहेको कुँवरले जानकारी दिए । ‘एटिएफका टायरहरु गुणस्तरीय छन्,’ उनले भने, ‘अब हामी नेपालमा देशभर डिलर विस्तार बिक्री वितरण बढाउने तयारीमा छौं ।’
प्रालिले टायरसँगै आइटिआर लुब्रिकेन्ट्स बिगत ६ वर्षदेखि बिक्री गर्दै आइरहेको छ । आइटिआरको मेसिनरी पार्टस्, ब्याकहो लोडर, एक्साभेटर, रक ब्रेकर, युएसबी टाइगर छाप लगायतको बिक्री वितरण पनि गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एटिएफ टायर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्