भिमसेनथापा ३ (तान्द्रङ्ग) काठमाण्डौं सम्पर्क समितिद्धारा नव–निर्वचित जन प्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न
गोरखा । नेपाली कांग्रेस भिमसेनथापा गाँउपालिका वडा नं ३ तान्द्रङ्ग काठमाण्डौं सम्पर्क समितिद्धारा नव निर्वचित जन प्रतिनिधि लाई सम्मान तथा चुनावी समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार ठमेलको भोजन भुमीमा आयोजित कार्यक्रको प्रमुख अतिथिमा नेपाली कांग्रेस गोरखा जिल्लाका आमन्त्रित जिल्ला सदस्य तथा बैदेशिक समन्वय शाखा प्रमुख रमेश प्रसाद खनाल, बिशेष अतिथि नेपाली कांग्रेस भिमसेनथापा गाँउपालिका सचिव जिवनाथ पुडासैनी, नव निर्वचित वडा अध्यक्ष ऋषिराम लामिछाने, वडा सभापति नेत्र पुडासैनी, क्षेत्रिय प्रतिनिधि मेघ बहादुर बञ्जारा,नवराज पाण्डे,समाजसेवी एवं कांग्रेस अग्रज नेता तारा वहादुर लामिछाने, बरिष्ठ पत्रकार रामजी दहाल, भिमसेनथापा गा.पा. काठमाण्डौं सम्पर्क समितिका पूर्व उपाध्यक्ष गणेश वञ्जारा तथा नेपाली कांग्रेसका अस्था राख्ने कार्यकर्ताको उपस्थिीतिरहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तवय राख्दै बरिष्ठ पत्रकार रामजी दहालले नेपाली कांग्रेस पार्टीले जनताको चहाना अनुसार काम गनुपर्ने जोड दिनुभयो । फरक प्रसाङ्गमा बोल्दै उहाँले पार्टी भन्दा पनि स्वतन्त्र उम्मेदवारलाई जनताले चाहेको भन्दै जन प्रतिनिधि लाई नागरिकको काममा लाग्न सुझाव दिनुभयो ।
कांग्रेस अग्रज नेता तारा वहादुर लामिछानेले कुनै पनि पार्टीको प्रतिनिधि भन्दा पनि सम्पूर्ण जनता को प्रतिनिधि भएर काम गर्न सुझाव दिनुभयो ।
त्यस्तै क्षेत्रिय प्रतिनिधि मेध बहादुर बञ्जारा र नवराज पाण्डेले वडा नम्वर ३ मा सहज विद्युत आपूर्ति नहुदा स्थानिय नागरिक मर्कामा परेको भन्दै वडा अध्यक्षको ध्यानार्काषण गराउनु भयो । । सथै बञ्जाराले कोरोना अति विपन्न भत्ता वितरणमा त्रुटि भएको र नागरिकाको गुनासो लाई सम्बोधन गर्नुपर्ने बताउनु भयो ।
भिमसेनथापा गाउँपालिका सचिव जिवनाथ पुडासैनीले वडा सदस्य हरु उपस्थित हुन नसक्नु ठुलाे कमजोरी भएको बताउनुभयो । साथै स्थानीय सरकारले गरेको कामको असर काङग्रेस लाइ पर्ने भएकालेे जुनसुकै निर्णय गर्दा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
वडा सभापति नेत्र पुडासैनीले चुनावमा अन्तर्घात गर्ने लाई पार्टी ले कारबाही अधि बढाउने प्रतिज्ञा व्यक्त गर्नुभयो
शुभकामना मन्तवय राख्दै भिमसेनथापा गा.पा काठमाण्डौं सम्पर्क समितिका पूर्व उपाध्यक्ष गणेश वञ्जाराले जनताका सानो सानो समस्यमा जन–प्रतिनिधि को साथ र सहयोग हुनुपर्ने बताउनुभयो ।
शुभकामना मन्तवय राख्दै जिल्ला सदस्य रमेश खनालले पार्टीमा आबद्ध नेता तथा कार्यकृताहरु कुनै लोभ, स्वार्थ, छल, कपटमा नलागि इमान्दार बन्नुपर्ने र जन–प्रतिनिधिद्धारा जनताले प्रत्यक्ष परिर्वतनको अनुभुति गर्ने गरि काम गर्नु पर्नेमा जोड दिनुभयो ।
अन्तमा वडा अध्यक्ष ऋषिराम लामिछानेले जन चाहना सबै राजनितिक दल बद्धिजिबिको सल्लाह बमोजिम नै काम गर्ने बताउनुभयो । विद्युत आपूर्ति र खानेपानीको समस्या समाधानको लागी पहल भईरहेको जानकारी दिनुभयो ।

क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #तान्द्रङ्ग, #नेपाली कांग्रेस भिमसेनथापा गाँउपालिका वडा नं ३
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्