मुख्यमन्त्री शाहीद्वारा बकर इद पर्वको शुभकामना व्यक्त
कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ गराउने विश्वास व्यक्त गर्नुभएको छ । बकर इद (इद–उल–अज्हा)का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक सद्भावका माध्यमबाट समाजमा दिगो शान्ति कायम राख्ने बताउनुभएको हो ।
मुख्यमन्त्री शाहीले यस पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “विविधतायुक्त हाम्रो आर्कषण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो, बहुधर्म र बहुसंस्कृतिले नेपाली समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्ने अभिप्रेरित गर्दछ ।”
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेशका मुख्यमन्त्री, #जीवनबहादुर शाही
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्