जापानका पूर्व प्रधानमन्त्री आबेको निधनप्रति प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीद्वारा समवेदना प्रकट
काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले एक ट्विट मार्फत आबे विश्वको एक प्रसिद्ध नेता मात्र नभएर नेपालका एक असल मित्र पनि हुनुहुन्थ्यो भनी उहाँलाई सम्झनुभएको छ । यस दुखद घडीमा जापानी जनता र शोकसम्तप्त परिवारप्रति प्रधानमन्त्री देउवाले समवेदना प्रकट गर्नुभएको छ ।
यसैगरी, पूर्व प्रधानमन्त्री केपी ओलीले पनि ट्विट गर्नुहुँदै आबेको हत्याको घटनाको भर्त्सना गर्नुभएको छ । आफ्नो कार्यकालमा आबेले नेपाल जापान सम्बन्धलाई थप उचाइमा पुर्याउन खेल्नुभएको महत्त्वपूर्ण भूमिकाको सम्झना पनि पूर्व प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #शेरबहादुर देउवा, #सिन्जो आबे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्