तरुण दलको कमिटी विस्तारको तयारी, शीर्ष नेतासँगको भेटघाट तीव्र
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले माउ पार्टी काँग्रेसका शीर्ष नेतासँगको भेटघाटलाई तीव्र पारेका छन् । तरुण दलको कमिटी विस्तारको तयारीका लागि गुरुङले शीर्ष नेतासँगको भेटघाट तीव्र पारेका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले गत फागुन ९ मा गुरुङलाई अध्यक्षमा मनोनित गरे पनि तरुण दलको कमिटीले पूर्णता पाएको छैन । असारभित्र तरुण दललाई पूर्णता दिने तयारी छ । ९९ सदस्यीय कमिटीमा अहिले अध्यक्ष मात्र छन् । बाँकी पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनित गर्न लागिएको छ ।
यसैका लागि अध्यक्ष गुरुङले पार्टीका शीर्ष नेतासँग भेटघाट गरिरहेको बुझिएको छ । मंगलबार गुरुङ वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटार पुगेका थिए । गुरुङका अनुसार पौडेलले संगठन चुस्त दुरुस्तका साथ अगाडि बढाउन आफ्नो सधैँभरी साथ रहने बताएको थिए ।
गुरुले विहीबार पार्टीका नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गरेका छन् । गुरुङले सिंहको निवास चाक्सीबारी पुगेर उनलाई भेटेका थिए । यस्तै कोइरालाई भेटन उनको सम्पर्क कार्यालय विशालबजारमा गुरुङ पुगेका थिए ।
भेटमा नेताद्वयले तरुण दल सङ्गठनको विस्तारको विषयमा चासो राखेका थिए । द्वय नेताले तरुण अध्यक्ष गुरुङलाई संगठनको हरेक कार्यमा आफ्नो साथ, सुझाव र पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सबै जनासँग सर सल्लाह गरि अगाडि बढ्न नेता द्वयले राय व्यक्त गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रकाशमान सिंह, #रामचन्द्र पौडेल, #विद्वान गुरुङ, #शेखर कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्