Techie IT
सोमबार, वैशाख २२,२०८२

ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि राजदूत नियुक्त


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देश ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि राजदूत नियुक्त गरिएको हो।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा नेपालको आवासीय राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #राजदूत नियुक्त, #राष्ट्रपति, #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545