शुक्रबार सुनको मूल्य स्थिर
शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो। यो साता सुन(चाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ। साताको पहिलो दिन सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #सुनको मूल्य स्थिर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्