Techie IT
सोमबार, वैशाख २२,२०८२

यौनहिंसामा हदम्याद तीन वर्षसम्म बनाउने निर्णय


काठमाडौं । संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले यौनहिंसामा परेकाहरूले उजुरी गर्ने समय घटनाको तीन वर्षसम्म हुनु पर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको समिति बैठकले यौन हिंसाविरूद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल गर्दै यौनहिंसामा हदम्याद बढाउने निर्णय सर्वसम्मत तरिकाले गरेको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो। यसअघि यौनहिंसा पीडितले १ वर्षसम्म मात्रै उजुरी गर्न पाउने गरी हदम्याद तोकिएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #कानुन, #न्याय तथा मानव अधिकार समिति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545