जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे माथि गोली प्रहार
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे माथि गोली प्रहार भएको छ ।
गोली प्रहार पछि पूर्व प्रधानमनत्री आबेको अवस्था गम्भीर भएको बिबिसीले जनाएको छ ।
जापानी शहर नारामा एक मन्तव्य दिनेक्रममा आबे माथि पछाडिबाट गोली प्रहार भएको त्यहाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । आबेले भाषण गरिरहेका बेला दुई पटक गोली पड्किएको आवाज सुनिएको एनएचकेका सम्वाददाताले उल्लेख गरेका छन् ।
गोली लागेर गम्भीर घाइते भएकाआबेलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उहाँको अवस्था गम्भीर छ । गोली प्रहार गर्ने शङ्कास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जापानको क्योडो न्यूजले आबे होसमा नभएको उल्लेख गरेको छ । आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाड्नुभएको थियो । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उहाँ अझै पनि प्रभावशाली नेताको रुपमा हुनुहुन्छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #सिन्जो आबे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्