जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे माथि गोली प्रहार

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे माथि गोली प्रहार भएको छ ।
गोली प्रहार पछि पूर्व प्रधानमनत्री आबेको अवस्था गम्भीर भएको बिबिसीले जनाएको छ ।
जापानी शहर नारामा एक मन्तव्य दिनेक्रममा आबे माथि पछाडिबाट गोली प्रहार भएको त्यहाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । आबेले भाषण गरिरहेका बेला दुई पटक गोली पड्किएको आवाज सुनिएको एनएचकेका सम्वाददाताले उल्लेख गरेका छन् ।
गोली लागेर गम्भीर घाइते भएकाआबेलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उहाँको अवस्था गम्भीर छ । गोली प्रहार गर्ने शङ्कास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जापानको क्योडो न्यूजले आबे होसमा नभएको उल्लेख गरेको छ । आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाड्नुभएको थियो । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उहाँ अझै पनि प्रभावशाली नेताको रुपमा हुनुहुन्छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #सिन्जो आबे
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्