प्रतिनिधिसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/२०७८ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
प्रतिनिधिसभाको बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरेको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यसअघि, प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले देशका बिभिन्न समसामयिक विषयहरुमा सरकारको ध्यानाकृष्ट गराउनुभएको छ ।
बैठकमा सांसदहरुले जलवायू परिवर्तन न्युनिकरण तथा अनुकुलनका कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु पर्ने, बाढि पहिरो प्रभावितहरुको उद्धार तथा राहातको व्यवस्था, कृषकलाई मल उपलव्ध गराउनु पर्ने, वर्षाको समयमा निर्माणाधिन बुटवल नारायणगढ सडकखण्ड, बुटवल पाल्पा सडकखण्डमा यात्रूहरुले निकै सास्ती भोग्नु परेकोमा सरकारको ध्यानाकृष्ट गराउनुभयो ।
सांसदहरुले निर्माण सम्पन्न गरिसक्ने समय आइसक्दा पनि नारायणगढ बुटवल सडक खण्डको निर्माण कार्य १९ प्रतिशत मात्र सम्पन्न भएकोमा यो गतिले निर्माण हुदाँ जनताले निकै दुख पाउने हुँदा यस कामलाई तिव्रता दिन सरकारको ध्यानाकृष्ट गराउनुभयो ।
अहिले प्रतिनिधिसभाको बैठक जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्