भारतीय नम्बर प्लेटको ट्रकबाट २ सय ७० केजी गाँजा बरामद
वीरगन्ज। पर्सा प्रहरीले भारतीय नम्बर प्लेटको ट्रकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाको नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका-२१ परवानीपुर सडक खण्डमा यूपी २१ एन ९९५७ नम्बरको भारतीय ट्रकलाई जाँच गर्दा २ सय ७० केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिहीबार बिहान साढे ८ बजेको समयमा प्रहरीले उक्त नम्बरको ट्रक जाँच गर्दा चालक बस्ने क्याबिनमा फ्लस बटम बनाई २ सय ७० केजी गाँजा लुकाएर राखिएको अवस्थामा बरामद भएको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध गाँजा बरामद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्