बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

बिहीबार सेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। बुधबार १३.३३ अंकले बढेको नेप्से बिहीबार १६.६० अंकले घटेर दुई हजार २७.३२ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ३.४२, फ्लोट इन्डेक्स १.१८ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२१ अंकले घटेको छ।
आज कारोबारमा आएका २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता सेयर एक अर्ब ८० करोड ६२ लाख चार हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। आज १५७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २९ कम्पनीको मात्र मूल्य बढेको छ।
आज म्युचुअल फण्डबाहेक नेप्सेका अन्य सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड ०.०९ अंकले बढ्दा जीवन बिमा सर्वाधिक ११५.१७ अंकले घटेको छ। त्यस्तै विकास बैंक उपसमूह ४६.२१, उत्पादन उपसमूह ४३.२०, लघुवित्त ३७.३६ तथा निर्जीवन बिमा ३३.६७ अंकले घटेको छ।
आज आरबीबी म्युचुअल फण्ड १ को सेयर मूल्य सर्वाधिक ३.९३ प्रतिशतले बढ्दा माउन्टेन हाइड्रो नेपालको ३।२४ तथा सिटिजन्स म्युचुअल फण्ड २ को मूल्य ३.०३ प्रतिशतले बढेको छ। यता समिट लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सर्वाधिक ५.२० प्रतिशतले घटेको छ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सेयर बजार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्